पाल्पाको रम्भामा एकीकृत समाजवादीलाई हराउँदै एमालेका भण्डारी निर्वाचित

काठमाडौं ! पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा  नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि  निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का  दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत  सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठ पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भइन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरे । अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *