शुक्लाफाँटाको प्रमुखमा एमालेका महरा, उपप्रमुखमा काँग्रेसकी जोशी विजयी

महेन्द्रनगर :  शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रणबहादुर महरा बिजयी भएका छन् । उनले ६ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका  चिन्तामणी भट्टले ६ हजार २ सय ६४ मत, माआवादीका नवराज ऐरले ५ हजार दुई सय २५ मत प्राप्त गरे ।
यस्तै उपप्रमखमा नेपाली काँग्रेसकी कल्पनाकुमारी जोशी(पन्त) बिजयी भएका छन् । उनले ६ हजार ५ सय १९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी एकीकृत समाजवादीका माधवप्रसाद पनतले ५ हजार तीन सय ६०, नेकपा एमालेका मोनिका कुमारी भण्डारी (भट्ट)ले ५ हजार दुई सय ३६ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *