काङ्ग्रेसको गढ भत्काउँदै धनगढी-१२ मा एमालेका एसबी महरा प्यानल सहित विजयी

धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा शेर बहादुर (एसबी) महरा प्यानल सहित विजयी भएका छन् ।

नेपाली काङ्ग्रेसका डबल थापा संग ५९ मतले महरा विजयी भएका हुन् । सदस्यहरुमा एमालेकै काले रावल, इन्द्र माया तामाङ , बिसराम डगौरा र कमला बिक निर्वाचित भएका छन् ।

विजय भए सङ्गै अध्यक्ष महराले अब वडा नम्बर १२ का जनताको जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समय राजनिती गरेका महरा कृषि क्रान्ति बाट युवाहरूलाई स्वरोजगार तर्फ केन्द्रित गर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *