धनगढी-८ मा काङ्ग्रेसलाई हराउँदै एमालेका जुगराम चौधरी प्यानल सहित विजयी

धनगढी ! धनगढी उपमहानगरपालिका वडा न.०८ मा एमालेका उम्मेदवार प्यानल सहित विजयी भएका छन् । एमालेका वडा अध्यक्ष उम्मेदवार जुगराम चौधरीले निकतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज जोशीलाई पराजित गरेका हुन। सुरु देखि नै निकै टक्कर देखिएको मतपरिणाममा अन्त्यमा जुगराम चौधरीले ५ मतको अन्तरले जोशीलाई हराएका हुन् ।

धनगढी उपमहानगरपालिका वडा न. ०८ नेकपा पुर्वमन्त्री एवं एमालेका पोलिटव्युरो सदस्य, कैलाली इन्चार्ज नारदमुनी रानाको गृह वडापनि हो। यस अघिको निर्वाचनमा काङ्ग्रेसले प्यानल सहित जितेको यस वडामा यो पटक एमालेले बदला लिएको छ। नेकपा एमालेका अन्त्य सदस्यका उम्मेदवारहरु सबै सानदार मतसहित निर्वाचित भएका छन्,यधपी निर्वाचन आयोगको घोषणा भने बाकी नै छ। धनगढी-०८ मा २७४५ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *