धनगढीमा हमालको जित निश्चित, १० हजार मत गन्न बाँकी रहदा ११ हजारको अग्रता

काठमाडौं ! सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित भएको छ । कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको बाँकी रहेको मत गन्नु अगावै जित निश्चित भएको हो ।
अहिलेसम्मको मतगणना परिमाणअनुसार गणना भएको जम्मा मत ५३ हजार ५१ मध्ये हमालले २३ हजार ३८४ मत प्राप्त गरिसकेका छन् । त्यही, कांग्रेसका वडको मत ११ हजार ७४० छ भने एमालेका उम्मेदवार रणबहादुर चन्दको ६ हजार ६८९ रहेको छ ।
हमालले ११ हजार ५९४ मतले अग्रता लिइरहेका छन् । १९ वडा रहेको उपमहानगरपालिकामा ६३ हजार ७१५ मत खसेको थियो ।
अब गन्न बाँकी मत १० हजार ६६४ मात्रै रहेको अवस्थामा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित भएको हो । २०७४ को निर्वाचनमा हमाल कांग्रेसका वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *