कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा महिला निर्वाचित

कैलाली– कैलालीको लम्की चुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा महिला उम्मेदवार निर्वाचित भएका छन्।

प्रमुखमा नेपाली कांग्रेसकी शुशीला शाही विजयी भएकी छन्। उनले १२ हजार ७१३ मत ल्याएर प्रमुखमा विजय हासिल गरिन्। उनका प्रतिस्पर्धी एमालेका महादेव बजगाईंले १० हजार ४३५ मत ल्याए।
यस्तै, उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनले ११ हजार ७८ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *