बाजुराको बुढीनन्दा नगरपालिकामा एमालेका जनक बोहरा विजयी

बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिकामा एमालेका जनककुमार बोहरा विजयी भएका छन्। बोहराले ५ हजार १ सय १५ ल्याउँदा नेपाली कांग्रेसको पदम गिरीले ३ हजार २ सय ७१ मत ल्याएका छन्।

यसैगरी उपप्रमुखमा एमालेले समर्थन गरेका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्।
उनले ४ हजार ७७ मत ल्याउँदा नेपाली कांग्रेसककी रितादेवि सिंहले ३ हजार ६ सय ७७ मत ल्याएकी छिन्।

२०७४ सालको निर्वाचनमा कांग्रेसका गिरीबाट एमालेका बोहरा झिनो मतान्तरले पराजित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *