धनगढी उपमहानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार राना अगाडी

धनगढी ! धनगढी उपमहानगरपालिकाको मेयर,उपमेयर र वडाका जनप्रतिनिधिहरुको मत गणना जारी छ। पछिल्लो सुचना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित तर्फ उन्मुख हुँदैछन भने उपमेयर तर्फ एमालेकी उम्मेदवार कन्दकला राना थारुले माओवादी केन्द्रकी उम्मेदवार शान्ती अधिकारीलाई उछिनेकी छिन् ।

आज बिहानको मतपरिणाम अनुसार एमालेकी उम्मेदवार कन्दकला रानाको १०,८८० मत छ भने माओवादी केन्द्रकी शान्ती अधिकारीको १०,७०२ मत रहेको छ। राना र अधिकारी बिच १७८ मतको अन्तर छ। अब गणना गर्दै गरेको वडाहरु र बाकी वडा .१० र ११ पनि रानाकै पकड क्षेत्र रहेकोले उपमेयरमा एमालेकी उम्मेदवारको जित सुनिश्चित देखिएको छ।

मेयरमा भने एमालेका उम्मेदवार रण बहादुर चन्द काङ्ग्रेस उम्मेदवार नृप वड पछि रहेको छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *