कांग्रेस जिल्ला सभापतिलाई हराउँदै धनगढीमाईमा एमाले विजयी

सिरहा : सिरहाको धनगढीमाई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका शिवशंकर महतो विजयी भएका छन्। उनले नेपाली कांग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १५५ मतले पराजित गरेको हुन्।

यादव कांग्रेसमा प्रभावशाली नेता मानिन्छन्। उनी गाउँविकास अध्यक्ष हुँदै कांग्रेस क्षेत्रीय सभापति, जिल्ला उपभापति, दुई कार्यकाल सभापति र ०७० मा संविधान सदस्यमा निर्वाचित भएका थिए। ठूलो नेताले नगरपालिकामा अधिकतर वडा जितेर पनि मेयरमा हारेपछि जिल्लाभरि अहिले चर्चाको विषय बनिरहेको छ।
निर्वाचित भएका महतोले ७०५६ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी यादवले ६९०१ मत ल्याएका हुन्। निर्वतमान मेयर हरिनारायण चौधरी तेस्रो स्थानमा पुगेको छन्। उनले ४३६९ मत प्राप्त गरेको हुन्। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट मेयर पदका उम्मेदवार भएका उतरबहादुर जर्घामगरले ९३८ मत ल्याएका हुन्।
उपमेयरमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छन्। उनी एमालेकी उम्मेदवार शोभा बरालसँग २३५ मतान्तरले विजयी भएकोी हुन्। चौधरीले ६६१३ र बराल ६३७८ मत ल्याएकी हुन्। निर्वतमान उपमेयर फुलकुमारी श्रेष्ठले ४३१४ मत प्राप्त गरेकी छन्। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट उपमेयर पदका उम्मेदवार भएका संजीवकुमार यादवले २०७९ मत ल्याएका हुन्।
१४ वडामध्ये ६ वटामा कांग्रेस, ३ वडामा माओवादी केन्द्र, २ वडामा एमाले, १ वडामा एकीकृत समाजवादी, १ वटामा जनमत पार्टी, १ वटामा जनता समाजवादी विजयी भएका हुन्।
वडा नं १ मा सुर्यनारायण यादव (कांग्रेस), २ मा हमिद मियाँ (कांग्रेस), ३ मा विरेन्द्र कुमार साह (माओवादी), ४ मा ओमप्रकाश यादव (कांग्रेस), ५ मा रामजतन कामैत (कांग्रेस), ६ भगलु महतो (एकीकृत समाजवादी), ७ मा विजय कुमार महतो (जसपा), ८ मा रामभरोस महतो (जनमत), ९ मा प्रकाश योन्जन (माओवादी), १० मा सरोज कुमार महतो (कांग्रेस), ११ मा अशोक कुमार श्रेष्ठ (एमाले), १२ मा जयप्रकाश ठाकुर (एमाले), १३ मा सुर्यमान तामाङ्ग (माओवादी), १४ अमित ठकुरी (कांग्रेस) निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *