तुलसीपुर उपमहानगरपालिकामा एमालेका खड्का गठबन्धनका उम्मेदवार भन्दा अगाडि

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवार टीकाराम खड्का र गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। सुरुदेखि नै अघिपछि गर्दै आएका उनीहरुले ठूलो अन्तर बनाउन सकेका छैनन्।

शुक्रबार बिहान ६ बजेसम्मको मतपरिणामअनुसार एमालेका खड्का ९ मतले अघि लागेका छन्। उनले ७ हजार ४ सय ८६ मत पाएका छन् भने गिरीले ७ हजार ४ सय ६७ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने एमालेकी स्यानी चौधरी सुरुदेखि नै अघि छन्। उनले १ हजार भन्दा ठूलो अन्तर बनाएकी छिन्। चौधरी ६ हजार ९ सय ६१ पाउँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले ५ हजार ९ सय ४७ मत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *