काङ्ग्रेसका उम्मेदवारलाई हराउँदै विरेन्द्रनगरको प्रमुखमा मोहनमाया ढकाल निर्वाचित

सुर्खेत ! कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित विरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेबाट मोहनमाया ढकाल र उपमेयरमा निलकण्ठ खनाल निर्वाचित हुनुभएको छ।

आज सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढकालले काङ्ग्रेस उम्मेदवारलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। कुल खसेको मत मध्ये १६,०३८ मत ल्याइ उहाँ निर्वाचित हुनुभएको हो। उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवारले १५,४८४ मत ल्याउनु भएको थियो।

त्यसैगरी उपमेयरमा पनि एमालेबाट निलकण्ठ खनाल २०,३६४ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ। उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *