बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुँवरले लिनुभयो सपथ

कैलाली ! कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुँवरले आफ्नो पद तथा गोपनियताको सपथ लिनु भएको छ। जेष्ठ ३ गते मंगलबार विजयी हुनुभएका अध्यक्ष कुँवरले आज जिल्ला न्यायाधीशसँग आफुले सपथ लिनुभएको हो।
कुँवरले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई १६५६ मतले पराजित गर्नुभएको थियो।
कुँवरले ५८४२ मत पाउँदा कठरियाले ४१८६ मात्रै पाउनु भएको थियो ।

कैलाली जिल्लामा एमालेको तर्फबाट पहिलो जित उहाँले नै निकाल्नु भएको थियो। त्यसैगरी चुरे गाउँपालिकाबाट पनि एमालेका उम्मेदवार अध्यक्षमा निर्वाचित हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *