गठबन्धनलाई पराजित गर्दै कावासोती नगरपालिकामा एमालेका उम्मेदवारहरु विजयी

नवलपरासी ! नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका उम्मेदवार विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकी फूलकुमारी थनेत १९ हजार २४ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५६१ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *