गोदावरीका नव-निर्वाचित जनप्रतिनिधीले आज सपथ लिने

अत्तरिया-कैलालीको गोदावरी नगरपालिकाको मेयरमा निर्बाचित बिरेन्द्र भट्टले आज सपथ लिने कार्यक्रम रहेको छ । उनलाई कैलालीका मुख्य निर्बाचित अधिकृत जयानन्द पनेरुले सपथ खुवाउने कार्यक्रम रहेको छ । भट्ट बुधबार मेयरमा निर्बाचित भएका थिए ।

भट्टले आज नै गोदावरी नगरपालिकाका उपमेयर सहित १२ वटै वडाबाट निर्बाचित जन प्रतिनिधीलाई सपथ खुवाउने कार्यकर्म रहेको छ ।

नबनिर्बाचित जनप्रतिनिधीले पदभार भने भोली देखी सम्हाल्ने छन् । आज राती १२ बजे सम्म पुरानै जनप्रतिनिधीहरु काम गर्न पाउने कानुनी ब्यबस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *