गठबन्धनलाई हराउँदै सुर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुखसहित विजयी

भक्तपुर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिका भक्तपुरमा एमालेको जित भएको छ।

सूर्यविनायक नगरपालिका भक्तपुरमा नेकपा एमालेका मेयर उमेदवार बासुदेव थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयर उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत पाए। थापा यसअघि पनि सूर्यविनायक नगरपालिकाको मेयर थिए।

त्यसैगरी, उपमेयरको पदमा पनि नेकपा एमालेकै उमेदवारको जित भएको छ । उपमेयरका उमेदवार सरिता तिम्सिना भट्टराईले प्रतिद्धन्दीसँग निकै नै फराकिलो मतसहित विजयी भइन्। उनले १४ हजार ४ सय ९० मत प्राप्त गर्दै निर्वाचित भइन्। उनका प्रतिद्धन्दी नेकपा समाजवादीका श्याम बस्नेतले ६ हजार ६ सय ६१ मत पाएर पराजित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *