काङ्ग्रेसका उम्मेदवारलाई हराउँदै बुढानिलकण्ठमा एमालेका उम्मेदवारहरु मेयर र उपमेयरमा विजयी

काठमाडौं ! काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा मेयर र उपमेयर पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
मेयरमा मिठाराम अधिकारी विजयी भएका छन् भने उपमेयरमा अनिता लामा विजयी भएकी छिन् । विजयी उम्मेदवार अधिकारीले १४,२५० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार विनोद चालिसेले ११,५१२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा अनिता लामाले १४,३१४ मत प्राप्त गरेकी छिन् भने उनकी प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकी रमिला वाग्लेले ११,९७२ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *