पाँच दलिय गठबन्धनलाई पराजित गर्दै चितवनको कालिका नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

चितवन । चितवनको कालिका नगरपालिकाको मेयरमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका विनोद रेग्मी निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गरेका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाए । रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *