काङ्ग्रेसको गढ भत्काउँदै कंचनपुरको दोधारा-चादँनीमा एमालेका किशोर सुब्बा विजयी

कंचनपुर ! कंचनपुर जिल्लाको दोधारा – चाँदनी गाउँपालिकामा एमालेका उम्मेदवार किशोर सुब्बा अध्यक्षमा विजयी भएका छन् । उनले काङ्ग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् । १८,३१९ कुल मतदाता रहेको उक्त स्थानमा एमालेका उम्मेदवार सुब्बाले ७,१०४ मत ल्याइ विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी काङ्ग्रेसका उम्मेदवारले ६,१७२ मत प्राप्त गरेका थिए। गत चुनावमा काङ्ग्रेसले जितेको उक्त स्थानमा हाल उक्त काङ्ग्रेसको गढ भत्काउँदै एमालेका उम्मेदवार विजयी भएका हुन् । एमालेले उक्त गाउँपालिकामा ६ वटा वडा जितेको छ भने काङ्ग्रेसले एउटामात्र जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *