कैलाली गोदावरीको उपमेयरमा गठबन्धनलाई पराजित गर्दै एमालेकी शारदादेबी रोकाया निर्वाचित

अत्तरिया -कैलालीको गोदावरी नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उपमेयर मा नेकपा एमाले विजयी भएको छ। एमाले का उम्मेदवार शारदा देबी रोकायाले एकीकृत समाजवादीकी उम्मेदवार रत्ना कडायतलाई पराजित गरेकी हुन।

शुरु देखि नै लिड गरेकी शारदा गणना को मध्य तिर भने केही पछि परेकी थिइन् । प्राप्त अन्तिम परिणाम अनुसार रोकायाले १० हजार ६७० मत पाएकी छन ।यस्तै एकीकृत समाजवादीकी उपमेयरकी उम्मेदवार रत्ना कडायतले ९ हजार ९८३ मात्रै मत पाएकी छन । यस्तै राप्रपा की खेमा देबी बिष्टले ३ हजार २२२३ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *