गठबन्धनलाई हराउँदै अछामको मङ्गलसेनमा एमालेका उम्मेदवार विजयी

काठमाडौं ! अछामको मंगलसेन नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ।
मेयरमा एमालेका पदम बहादुर बोहरा ५ हजार ७३७ मत सहित विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ मत मात्रै ल्याउन सके।
यस्तै उपमेयरमा एमालेकी संगीता कुमारी रावल ५ हजार ७१९ मत सहित विजयी भइन्। रावलका प्रतिद्वन्द्वी
समाजवादीका बमबहादुर रावल ३ हजार ७५ मत मा रोकिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *