सूर्यविनायक नगरपालिकाको प्रमुखमा एमालेका बासुदेव थापाको सानदार अग्रता

भक्तपुर: सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणामअनुसार थापाले मेयरमा अग्रता लिनु भएको हो । थापाले अहिले ६२५ मतले अग्रता लिनु भएको हो ।

थापाले हालसम्म ११ हजार १७४ मत पाउनु भएको छ भने कांग्रेसका निशान ढुंगेलले १० हजार ५४९ मत पाउनु भएको छ । उपमेयरमा पनि एमालेकी सरिता भट्टराईले अग्रता लिइरहनु भएको छ । अहिले वडा नं. ८ को मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *