नवलपुरको देवचुलीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

देवचुली। नवलपुरको देवचुली नगरपालिकामा गठबन्धनका उम्मेद्धारलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका उम्मेद्धार विजयी भएका छन् ।

नगर प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेद्धार विजयी भएका हुन् । प्रमुखमा हरि न्यौपाने विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट नेपाली काङग्रेसका उम्मेद्धार अशोक बस्ताकोटीलाई एक हजार ५ सय ९६ मतान्तरले पराजय गर्नुभयो । न्यौपानेले १२८०६ मत पाउनुभयो भने , बस्तोकोटीले ११२१० मत पाउनुभयो ।
यस्तै उपप्रमुखमा एमालेकी पार्वता तिवारी विजयी हुनुभएको छ । तिवारीले आफ्ना निकटतम प्रतिद्धन्द्धी गठबन्धनतर्फ माओवादी केन्द्रका सत्यनारायण भुषाललाई फराकिलो मतान्तरले पराजय गर्नुभएको हो । एमालेकी तिवारीले ४५२१ मतान्तरले भुषाललाई पराजित गर्नुभयो । तिवारीले १२७४९ र भुषालले ८२२८ मत पाउनुभयो । यस अघि यहाँ प्रमुखमा न्यौपानेले पराजय भोग्नुभएको थियो । भने , उपप्रमुख तिवारी दोश्रो कार्यकालका लागि पुन विजयी हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *