दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले लियो सुरुवाती अग्रता

दाङ ! दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले २०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले २०७ र गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १३२ मत प्राप्त गरेका छन् ।

पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २ को गणाना भइरहेको छ । यस उपमहानगरपालिकामा एक लाख एक हजार चारसय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यसअघि तुलसीपुरकाको मेयर र उपमेयरमा एमालेले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *