महेश बस्नेतको गृह वडामा गठबन्धन ‘क्लिन स्वीप’ : एमालेको प्यानलै विजयी

भक्तपुर ! नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृहवडामा एमालेले सानदार जीन हासिल गरेको छ ।

बैशाख ३० गते सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा आज राती गणना सम्पन्न हुँदा सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा एमालेले अत्याधिक मतका साथ प्यानल नै विजयी भएको छ । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार रविन्द्र सापकोटाको नेतृत्वमा रहेको सम्पूर्ण प्यानल नै विजयी भएको हो । गठबन्धनका तर्फबाट वडाध्यक्षमा हरि बहादुर खड्का पराजित हुनुभयो । वडामा एमालेबाट सापकोटाको नेतृत्वमा महिला वडा सदस्य गीता बस्नेत, दलित महिला वडा सदस्य सन्तोषी परियार, खुल्ला सदस्य ईश्वर थापा, उमेश कार्की सहित पुरै प्यालन भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ । यो सँगै गठबन्धनलाई गुण्डुमा एमालेले क्लिन स्वीप बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *