टोखा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार प्रकाश अधिकारी निर्वाचित

काठमाडौं : काठमाडौं जिल्लाको टोखा नगरपालिकामा नेकपा एमालेले मेयर र नेपाली कांग्रेसले उपमेयर जितेको छ।

मेयरमा एमाले उम्मेदवार एवं निवर्तमान मेयर प्रकाश अधिकारी १० हजार ३४० मतसहित विजयी भए।
निकटम प्रतिद्वन्द्वी कांग्रेसकी रजनी थापा १० हजार १६६ मत पाएर पराजित भइन्। उनी १७४ मतान्तरले पराजित भएकी हुन्।
उपमेयरमा कांग्रेसका मुरारी तामाङ ६१४ मतान्तरले निर्वाचित भएका छन्। तामाङले १० हजार १३२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन्।
काठमाडौंको पालिका प्रमुखमा एमालेको यो पहिलो जित हो। यसअघि शंकरापुरमा राप्रपाले जित निकालेको थियो। बाँकी तीन पालिकामा कांग्रेस विजयी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *