स्थानीय निर्वाचन : दमकमा एमाले उम्मेदवारले मतान्तर घटाउँदै

काठमाडौं ! झापाको दमकमा एमालेले गठबन्धनका उम्मेदवार राम थापासँगको मतान्तर घटाएको छ।
वडा नम्बर १, २, ३, ९ र १० नम्बरको अन्तिम मतपरिणाम अनुसार थापाले ९१७२ मत पाएका छन्। एमाले उम्मेदवार गीता अधिकारीले ९००२ मत पाएकी छन्।

गठबन्धनकै उपप्रमुखकी उम्मेदवार कांग्रेसकी रेगिना भट्टराईलाई भने एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले उछिनेका छन्। खनालले ८९५० मत पाउँदा भट्टराईले ८८०७ मत पाएकी छन्।
दमकमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राप्रपाको संयुक्त गठबन्धनबाट प्रमुखमा थापा उम्मेदवार बनेका छन्। उपप्रमुखमा कांग्रेसकी भट्टराई उम्मेदवार छिन्। एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा महागठबन्धनको सामना एमालेले एक्लै गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *