स्थानीय निर्वाचन : गठबन्धनको घेराबन्दी तोड्दै एमालेले जित्यो १०० बढी पालिका प्रमुखहरु

काठमाडौं ! स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका ३२५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ।

३२५ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा एमालेले एकसय स्थानीय तहमा जित निकालेको छ। कांग्रेस एमालेको भन्दा ४० वटा बढी स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म एक सय ४० स्थानीय तह जितेको छ।

अग्रता पनि कांग्रेसकै बढी छ। कांग्रेस मतगणना चलिरहेका १७० स्थानीय तहमा अगाडि छ भने एमाले १०१ स्थानीय तहमा अगाडि छ।
अहिलेसम्म ७० स्थानीय तह जितेको माओवादी केन्द्र ४६ स्थानीय तहमा अगाडि छ।
चार स्थानीय तहमा विजयी भएको नेकपा एकीकृत समाजवादी १७ पालिकामा अगाडि छ भने ३ स्थानीय तहमा विजयी भएको जसपा २९ स्थानीय तहमा अघि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *