डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार जोशी विजयी

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् ।

जोशी ३ हजार १ सय ८९ मत ल्याएर विजयी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तासाझेदार दलबाट गठबन्धनका उम्मेदवार बनेका माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत प्राप्त गरे ।

डिलासैनीमा एमाले तेस्रो स्थानमा आएको छ । जोशी एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर पुतली चिन्हमा चुनाव लडेका थिए ।

यस्तै उपाध्यक्षमा भने गठबन्धनका भगीरथ बोहरा ३ हजार ८ सय ७३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *