बाराको परवानीपुर गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार विजयी

बारा । बाराको परवानीपुर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष जितेका छन् ।

अध्यक्षमा लोसपाका जगतनारायण महतोलाई हराएर रामक्षत्री प्रसाद कुर्मि अध्यक्ष निर्वाचित भए । उनले २९१७ मत ल्याए भने महतोले २४४३ मत ल्याए ।

उपाध्यक्षमा पनि एमाले उम्मेदवार विजयी भए। यहाँ एमालेकी सुगान्धीदेवी कनुइन विजयी भइन् । उनले ३२३२ मत ल्याइन् । लोसपाकी सावित्री देवीले २३८७ मत ल्याइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *