एमालेबाट धनगढी-१८ वडा अध्यक्षमा भुवन रिजाल सहित प्यानलनै विजयी

धनगढी ! आसन्न स्थानीय निकायको निर्वाचनमा धनगढी उपमहानगरपालिका वडा न.१८ बाट नेकपा एमालेले खाता खोलेको छ। एमालेको तर्फबाट धनगढी वडा न.१८ मा भुवन रिजाल सहित प्यानल नै विजयी भएका छन् ।

रिजालले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेका हुन। उनले कुल खसेको मतबाट ९२६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ७९४ मत प्राप्त गरेका छन् । धनगढीमा यो एमालेको पहिलो जित हो,जसबाट नै वडामा सबैलाई क्लिन स्वीप गरेको छ। यद्यपि निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *