पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेको ‘क्लिन स्विप’

पाल्पा — स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार नुनबहादुर थापा ६,०३९ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मिनप्रसाद गिरीलाई ४,७८२ मतान्तरले पराजित गरेका हुन् । पराजित मिनप्रसाद गिरीले १,२५७ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा समेत एमालेकी भागिरथि भट्टराई ५,८९४ मतसहित विजयी भएकी छिन् । दोस्रो स्थानमा रहेकी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२५० मत ल्याइन् ।
पाल्पाका १० पालिकामध्ये अहिलेसम्म एउटाको मात्रै अन्तिम नतिजा आएको हो । निर्वाचन आयोगका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *