काठमाडौं महानगरपालिका -१ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ। नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार भरतलाल श्रेष्ठले जित हासिल गरेका छन्।

उनले ६२२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धि कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन्। निर्वाचित भरतलाल यसअघि पनि वडाध्यक्ष थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *