बझाङको साइपाल गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष सहित विजयी

बझाङ : साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मान बहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् भने गठबन्धनका उम्मेदवार उज्वल बोहराले ६ सय १३ मत ल्याएर पराजित भएका छन्।
गाउँपालिका उपाध्यक्ष तर्फ नेकपा एमालेका डोल्मा तामाङले ६७५ मत सहित विजयी  भएका छन् उनका प्रतिस्पर्धी बाटु बोहरा ६१९ मतसहित पराजित भएका छन् ।
वडागत रुपमा हेर्दा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनका (कांग्रेस)उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन् ।
वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। ४ नम्बर गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *