१२ वटा पालिकाहरुको नतिजा सार्वजनिक हुँदा एमालेले जित्यो ६ पालिका

काठमाडौँ – शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ।

त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ।

एमालेले जितेका स्थानीय तह

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ (निर्विरोध)

मनाङको चामे गाउँपालिकामा – लोकेन्द्र घले

मनाङको ङिस्याङ गाउँपालिकामा – कान्छा लामा

मुस्ताङको लो(घेकर दामोदरकुन्डमा लोप्साङ – छोम्पेल विष्ट

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा – रिङजीन नामगेल गुरुङ

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा – टसी न्वर्वु गुरुङ

कांग्रेसले जितेका स्थानीय तह

मनाङको नासो गाउँपालिकामा – धनबहादुर गुरुङ

मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो – तेन्जिङ लामा

मुस्ताङको घरपझोङ गाउँपालिकामा – मोहन सिंह लालचन

नेकपा एसले जितेका स्थानीय तह

डोल्पाको काइके गाउँपालिकामा – अंगदकुमार राना (निर्विरोध)

डोल्पाको छार्का साङतोङ गाउँपालिकामा – सेनाङ गुरुङ (निर्विरोध)

माओवादी केन्द्रले जितेका स्थानीय तह

डोल्पाको जगदुल्ला गाउँपालिकामा – तारासिं रोकाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *