मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं– मुस्ताङको लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका उम्मेदवार टसी न्हर्वु गुरुङ ६६८ मत ल्याउँदै अध्यक्षमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका टसि गुरुङले ५१४ मत ल्याए।

उपाध्यक्षमा एमालेकी छ्युमी बिष्ट गुरुङ ६२७ मत ल्याउँदै विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी छिरिङ ढोका गुरुङ ५२९ मत ल्याइन्।

५ वडा रहेको पालिकामा एमालेले ३ र कांग्रेसले २ वडामा वडाध्यक्ष जितेको छ। एमालेले वडा नम्बर २, ३ र ४ मा वडाध्यक्ष जितेको छ। कांग्रेसले वडा नम्बर १ र ५ मा वडाध्यक्ष जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *