१० पालिकाको नतिजा : एमाले पहिलो,माओवादी केन्द्रले खाता खोल्न सकेन

काठमाडौं ! स्थानीय तह निर्वाचनमा १० पालिकाको मतगणना सम्पन्न भएको छ । १० पालिकाको नतिजा आउँदा एमाले अग्रस्थानमा छ भने कांग्रेसले एमालेलाई पछ्याएको छ ।

१० स्थानीय तहमध्ये एमालेले ५ गाउँपालिकाको प्रमुख जितेको छ भने कांग्रेसले ३ गाउँपालिका प्रमुखमा जित निकालेको छ ।

एमालेले मनाङको ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकामा जितेको छ । त्यसैगरी, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेले जित निकालेको हो ।
त्यसैगरी, कांग्रेसले मनाङ, मुस्ताङ र डोल्पामा एक एक गाउँपालिका प्रमुख जितेको छ । डोल्पाको नार्पा भूमी गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नासोँ गाउँपालिका प्रमुख कांग्रेसले जितेको हो ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले डोल्पामा दुई गाउँपालिकामा जितेको छ । डोल्पाको काइके र छार्का ताङसोङ गाउँपालिकामा एकीकृत समाजवादीले जित निकालेको हो ।
अहिलेसम्म माओवादी केन्द्रले भने कुनै पनि स्थानीय तहको प्रमुखमा जित निकालेको छैन् । वडाहरूमा भने माओवादी केन्द्रले जित निकालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *