केशव स्थापितद्रारा मतदान

काठमाडौँ !  काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उनले बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेदेखि नै देशका अधिकांश स्थानमा मतदान सुरु भएको छ ।

काठमाडौं महानगरमा स्थापितविरुद्ध सत्ता गठबन्धनको तर्फबाट सिर्जना सिंह मेयरको उम्मेदवार छिन् । यस्तै बालेन शाह स्वतन्त्र रुपमा मेयरको प्रतिस्पर्धामा छन् । सिंह र शाह पनि मतदानका लागि आआफ्ना मतदानस्थलमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *