स्थानीय निर्वाचन : सांसद रानाले धनगढी माबिबाट गर्नुभयो पहिलो मतदान

धनगढी ! धनगढी उपमहानगरपालिकाका अधिकांश मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ। यसै अनुरुप यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले धनगढी उपमहानगरपालिका-०८ बाट पहिलो मतदान गर्नुभएको छ। उहाँले आफ्नो मतदाता नामावली रहेको गृहवडा-०८ धनगढी माबिबाट मतदानको सुरुवात गर्नुभएको हो। निर्वाचन आयोगले दिएको समय अनुरुप बिहान ७ बजे मतदान गर्नुभएको हो।

यसैगरी एमालेबाट उपमेयरकी उम्मेदवार कन्दकला राना थारुले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। त्यसैगरी एमालेबाट वडा अध्यक्षका उम्मेदवार जुगराम चौधरी,काङ्ग्रेसबाट वडा अध्यक्षका उम्मेदवार देवराज जोशी लगायतका उम्मेदवारले आफ्नो मतदान सम्पन्न गर्नुभएको छ।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *