प्रतिबद्धता पत्रमाथि जनताले गराए नेतालाई तमसुक

काठमाडौं । स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् ।

विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् ।

तर, चुनावमा जिताएर गाउँका सिंहदरबारमा एकपटक जनप्रतिनिधि पुयाइसकेका मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका छन् ।

घोषणापत्रमा एउटा र जितेपछि काम अर्कै भएपछि दैलेख भैरवी गाउँपालिकाका मतदाताले यसपटक भने उम्मेदवारलाई तमसुक नै गराए ।

विजयी बनेपछि बाचा पूरा नगरे राजीनामा गर्छ भन्नेमा औँठाछाप नै लगाएका छन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *