एकीकृत समाजवादीबाट उम्मेदवार त्यागेर एमाले उम्मेदवारलाई समर्थन

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवारले नेकपा एमालेका मेयरका उम्मेदवारलाई समर्थन गरेका छन् ।
एकीकृत समाजवादीका मेयरका उम्मेदवार राजु गुप्ताले एमाले उम्मेदबार राजकिशोर यादवलाई समर्थन गरेका हुन् ।

‘जसले मलाई उम्मेदवार बनाए, उनीहरुले नै आफ्नो घरमा फर्किन आग्रह गरेपछि आफ्नै घरमा फर्किएका हौं’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *