धनगढीका मतदाता भन्छन् : भोट् त केपी ओलीको पार्टीका उम्मेदवारलाई दिने हो

धनगढी ! स्थानीय निकायको निर्वाचनको मिती नजिकिदै जाँदा दलहरुको चुनावी प्रचारप्रसार तीब्र बनेको छ। यसै सेरोफोरोमा सभ्यखबरको टिमले धनगढीका मतदातासँग तपाईको भोट कसलाई भनेर प्रश्न गरेको थियो।

धनगढी उपमहानगरपालिका वडा न. ८ मा बसोबास गर्ने अधिकांश मतदाताले भोट एमालेको उम्मेदवारलाई दिने प्रतिक्रिया दिए। एमाले नै किन?भन्ने प्रश्नमा-एमालेको सरकारले देशको विकाश गरेको छ। हाम्रो घर वरिपरि बाटाघाटाहरु निर्माण हुँदैछन्,त्यो सबै केपी ओलीको पार्टी एमालेको देन हो।

त्यसैगरी वडा न.१२ का केही मतदातासँग प्रश्न गर्दा उनिहरुको प्रतिक्रियापनि एमालेकै जनप्रतिनिधिलाई जिताउने थियो। उनिहरुका अनुसार भारतको नाकाबन्दी विरुद्ध सतिसाल झै उभिने केपी ओली हुन्,हाम्रो देशको चुच्चेनक्सा फिर्ता ल्याउने केपी ओली हुन् त्यसैले हाम्रो भोट एमालेका जनप्रतिनिधिलाई हुन्छ।

त्यस्तै अन्य धनगढीका अन्य ठाउँहरुमा पनि अधिकांश मतदाताको प्रतिक्रिया एमालेप्रतिको सद्भाव झल्किएको देखिएको छ । मतदाताहरुका अनुसार सामाजिक सुरक्षा भत्ता,वृद्धभत्ता लगायतका कामहरु हामी जनतालाई राहत भएको छ।जनजिवीका र विकासको हिसाबले एमालेको सरकारले जति गर्‍यो त्यो अरु कसैले गर्न नसक्ने टिप्पणी गरे। एमाले धनगढीमा हाल उम्मेदवार रहेका सबै जनप्रतिनिधिहरु इमानदार छविका रहेकाले आफ्नो भोट उनिहरुलाई रहने प्रतिक्रिया दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *