वीरगन्जको पर्सामा ३ हजार २ सय २३ जनाद्वारा मनोनयन दर्ता

वीरगञ्ज । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पर्सा जिल्लामा ३ हजार २ सय २३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको १४ वटा पालिकामा प्रमुख तथा अध्यक्ष पदमा २ सय १७ जना, उप–प्रमुख तथा उपाध्यक्षमा १ सय ९ जना, वडा अध्यक्षमा ७ सय ४८, वडा सदस्यमा १ हजार १ सय ४४ जना, महिला सदस्यमा ५०६ जना र दलित महिला सदस्यमा ४ सय ९९ गरी ३ हजार २ २३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यलयका जिल्ला निर्वाचन अधिकृत रंजिता झाले जानकारी दिएकी छन् ।

मधेश प्रदेशको एक मात्र महानगरपालिकामा वीरगंज महानगरपालिकाको मयर पदमा ३० जना, उपमेयरमा १०, वडा अध्यक्षमा २ सय ७ , वडा सदस्यमा ३ सय ५१ , महिला सदस्यमा १ सय ७१ र दलित महिला सदस्यमा १ सय ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै पर्साको पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकाको मेयर पदमा ४५ जना, उपमेयर पदमा २३ जना, वडा अध्यक्षमा १ सय ८३ जना, वडा सदस्यमा २ सय ९० जना, महिला सदस्यमा ९३ जना र दलित महिला सदस्यमा १ सय २५ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै जिल्लाको पर्टेवासुगौली गाउँपालिका, पकाहमैनपुर गाउँपालिका, बिन्दवासिनी, सखुवाप्रसौनी, छिपहरमाई, धोबीनी, जिराभवानी, जगरनाथपुर, कालिकामाई र ठोरी गाउँपालिकाको अध्यक्ष पदमा १ सय ४२ जना, उपाध्यक्ष ७६ जना, वडा अध्यक्षमा ३ सय ५८ , वडा सदस्यमा ५ सय ३ जना, महिला सदस्यमा २ सय ४२ जना र दलित महिला सदस्यमा २ सय ३३ जनले मनोनय दर्ता गराएका छन् ।

पर्सा जिल्लामा सबैभन्दा कम जिराभवानी गाउँपालिकाको अध्यक्ष पदमा जम्मा ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै उपाध्यक्ष पदमा ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा ४÷४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत झाले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *