स्थानीय निर्वाचन : एमालेबाट धनगढी उपमहानगरपालिकाका उम्मेदवारहरुको मनोनयन दर्ता आज हुँदै

धनगढी ! आसन्न बैशाख ३० गतेको स्थानीय निकाय निर्वाचनको लागि नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको उम्मेदवारहरुको मनोनयन दर्ता आज गर्ने भएको छ। एमाले धनगढीका अनुसार बिहान ११ बजे जिल्ला कमिटीको कार्यालय धनगढीमा जनघट भै र्याली मार्फत मनोनयन दर्ताका लागि निर्वाचन आयोग निस्कने जनाइएको छ।

धनगढी उपमहानगरपालिका अन्तरगत १९ वटै वडाहरुका वडा जनप्रतिनिधि र नगर प्रमुख अनि उपप्रमुखका उम्मेदवारहरुको मनोनयन दर्ता आजै हुने जनाइएको छ। एमालेले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रण बहादुर चन्द र उपप्रमुखमा कन्दकला राना थारुलाई उठाउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *