अब हालका जनप्रतिनिधिले स्थानीय तहमा उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने

काठमाडौँ — सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । अब रिट खारेजसँग हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्नेछ ।

मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *