निर्वाचन रोकिए ठूलो दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन रोकिए देशमा ठूलो दुर्घटना हुने बताउनुभएको छ ।

जनकपुरधाममा आज स्थानीय तह निर्वाचन मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने अन्यथा दुर्घटना निम्तने बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रमभंग गर्ने अवस्था नरहेको भन्दै निर्वाचन प्रति संशय उत्पन्न हुने खालको अभिव्यक्ति आइरहनु दुखद् भएको टिप्पणी गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन हुनु पर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *