निर्वाचन आयोग : निर्वाचनका लागि आचारसंहिता आज रातिबाट लगाउने तयारी

काठमाडौं ! निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि आज शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । राजनीतिक दल र अन्य सरोकारवालालाई पालना गर्ने लिखित प्रतिबद्धता गराएपछि आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो । स्रोतका अनुसार आयोगले शुक्रबार निजी क्षेत्रलाई प्रतिबद्धता गराएपछि पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू गर्ने तयारी गरेको छ । ‘सरोकारवाला सबैले प्रतिबद्धता जनाएपछि शुक्रबार मध्यरातिबाट आचारसंहिता लागू गर्न लागेका छौं,’ स्रोतले भन्यो । सरकारले स्थानीय निकायको निर्वाचन बैशाख ३० गतेलाई घोषणा गरेको छ। निर्वाचन आउनु १ महिना अघि आयोगले आचारसंहिता लगाउन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *