साना दलहरूले मागेकै चुनाब चिन्ह उपलब्ध गराउन निर्वाचन आयोग छलफलमा

काठमाडौं ! साना दलहरूलाई पनि उनीहरूले मागेकै चुनाव चिन्ह दिन निर्वाचन आयोगले छलफल अघि बढाएको छ।
राष्ट्रिय मान्यताप्राप्त दलहरूले मात्रै निर्वाचनमा उनीहरूको चुनाव चिन्ह पाउँदै आएका छन्।
निर्वाचन आयोगले दल दर्ता गर्दा साना पार्टीहरूले राखेका चुनाव चिन्हलाई मान्यता दिए पनि मतपत्रमा भने ती चिन्ह समावेश गर्ने गरेको छैन।

तर साना दलहरूले दल दर्ता गर्दा राखेकै चिन्ह मतपत्रमा पनि हुनुपर्ने माग गरिरहेका छन्।
आयोगले भने राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचन ऐनलाई नै संशोधन गरे चुनाव चिन्ह दिन आयोग सकारात्मक नै रहेको प्रतिक्रिया दिँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *