गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका देब बहादुर बम नवजीवन सहकारी संस्थाको अध्यक्षमा निर्वाचित

कैलाली ! देशकै उत्कृष्ट सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलालीको २८औं बार्षिक साधारण सभाद्रारा संचालक समितिको निर्वाचनमा एमाले सुदुरपश्चिम प्रदेश सदस्य समेत रहनु भएका देब बहादुर बम उक्त संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेस निकट रतन बदादुर कठायत हुनुहुन्छ। पराजित कठायतले निर्वाचित बम भन्दा १३०८ मत कम ल्याउनु भएको छ। अध्यक्षमा निर्वाचित बमले कुल खसेको मतमध्ये ८३९१ मत ल्याई विजयी हुनुभएको छ।

यसैगरी संचालक समिती उपाध्यक्षमा चेतराज ओझा विजयी हुनुभएको छ। उहाँले ७३२९ मत प्राप्त गर्नुभएको छ। उक्त निर्वाचनद्रारा १ अध्यक्ष , १ उपाध्यक्ष ,११ सदस्यीय संचालक समिती , १ लेखा सुपरिवेक्षक समिती संयोजक र २ सदस्य गरि १६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

उक्त निर्वाचनमा काङ्ग्रेस,माओवादी केन्द्र,नेकपा(एस) लगायतको रतन बहादुर कठायत गठबन्धन उम्मेदवार हुनुहुन्थ्यो भने एमालेको एकल उम्मेदवारमा देब बहादुर बम हुनुहुन्थ्यो।                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *