गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले निकट कासिम हुसेन सिमरा खानेपानीको अध्यक्षमा निर्वाचित

काठमाडौं ! मिनि स्थानिय निर्वाचनको झल्को दिने सिमरा खानेपानी परियोजनाको हिजो सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनको पुरै टिमलाई हराउदै एमाले निकट कासिम हुसेन अध्यक्षमा निर्वाचित भएका छन् ।

हिजो सम्पन्न उक्त निर्वाचनमा सत्ता गठबन्धन निकटका उम्मेदवारलाई हुसेनले भारी मतान्तरले हराएका हुन् ।देशभरी सत्ता गठबन्धनले एमालेलाई हराउन योजना बनाइरहेका बेला मिनि स्थानिय चुनाब मानिने यो निर्वाचनमा पराजित हुँदा गठबन्धन थप सशङ्कित बन्न पुगेको छ।आगामी निर्वाचनसम्म नै गठबन्धन गरेर एमालेलाई हराउने रणनीति बनाएका गठबन्धन दललाई यी नतिजाले थप चुनौतिका चाङहरु थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *