स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने बहालवाला जनप्रतिनिधिले राजिनामा दिनुपर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको प्रस्तावमा कानुन मन्त्रालयले प्रश्न उठाएको छ ।

निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा दिनुपर्नेसहितको प्रस्ताव समेटेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आचारसंहिता पठाएको छ । मन्त्रालयले आयोगको उक्त प्रस्तावमा कानुनी आधार नभएको भन्दै हटाउने संकेत गरेको छ । यद्यपि, निर्णय भने भइसकेको छैन ।

जनप्रतिनिधिले पाँचवर्षे पदावधिअगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने र त्यस्तो अवस्थाको कानुनमा व्यवस्था नभएको भन्दै मन्त्रालयले त्यसलाई हटाउनुपर्ने तर्क अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *